विविध

नक्कली सुनको मूर्ति देखाएर २२ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ



काठमाडौं,३ जेठ । प्रहरीले नक्कली सुनको मूर्ति देखाएर २२ लाख ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाका काशीनाथ पौडेल छन्, जसले बुद्धको मूर्ति देखाएर रकम ठगेका थिए।

काठमाडौँ । सुनको नक्कली मूर्ति देखाएर एक जनाले करिब २२ लाख ठगी गरेका छन् । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको छ ।

उनले दुई जनाबाट २१ लाख ८५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

सुनको मूर्ति सस्तोमा दिन्छु भनेर आरोपीले भक्तपुर बस्दै आएका ३९ वर्षीय प्रेम कुमार विकसँग १० लाख र न्यूरोड बस्ने राजकुमार विकसँग ११ लाख ८५ हजार ठगी गरेका हुन् ।

प्रकाशित : ४ जेष्ठ २०८२, आइतबार, ,