असोज – २०, ललितपुर – पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश, हेटौंडा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप लिटर अनुदान कार्यक्रम दृश्य बहुउद्देश्यीय सहकारीले आ.व.२०७८।७९ को प्राप्त भएकोले कार्यक्रम आयोजना गरि दुग्ध उत्पादक किसानहरुलाई लिटर अनुदान वितरण कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापती, सहकारी महासंघका संचालक, नेप्सकुनका पूर्व अध्यक्ष डि.बि बस्नेतको प्रमूख आतिथ्यता एवं सहकारीका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा विशिष्ट अतिथि भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरका प्रमूख कृष्ण कार्की र ललितपुर महानगरपालिकाका कार्यबाहक अध्यक्ष कृष्ण महर्जन लगायत अनुदान प्राप्त गर्ने किसानहरु सहित करिव १२० जनाको उपस्थिति रहेको थियो ।
प्रमूख अतिथि बस्नेतले आफ्नो मन्तव्यको क्रममा सहकारी एउटा माध्यम बनेर किसानको हितमा काम गरिरहेको हुन्छ र सहकारीको साथमा किसानले आफ्नो हितमा काम गराउन सक्छ । त्यसैले सदैव सहकारीको साथ लिनुपर्ने बताउनु भयो । साथै लिटर अनुदान पाएका सबै किसानहरुलाई बधाई संगै अझ बढि अनुदान प्राप्त गर्ने हौसला मिलोस् भन्नुभयो । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमूख कृष्ण कार्कीले बागमति प्रदेशको यो प्रोत्साहन अनुदान किसानको लागि हौसला प्रदान गर्न र थप हरेक वर्ष दुध उत्पादन बढाएर विक्रि गर्न भनि किसानलाई दिईएको अनुदानको सहि सदुपयोग होस् भनि आफ्नो भनाई राख्नुभयो । ललितपुर महानगरपालिका वडा नं. ११ का कार्यबाहक अध्यक्ष कृष्ण महर्जनले यस वडामा दर्ता रहेको यस सहकारीले राम्रो काम गरेको र किसानमुखी रहेकोमा आफू अत्यन्तै खुशी रहेको कुरा बताए । रकम प्राप्त सबैलाई बधाई दिंदै आगामी दिनहरुमा पनि अझ राम्रो गर्दै जानु होला भन्ने बताउँदै सहकारीको हरेक क्रियाकलापमा वडाको सहभागीता र साथ रहने कुरा समेत बताउनुभयो ।
सहकारीले १८,२६,७६१/- रकम अनुदान पाएको थियो । सो रकम १०८ जना किसानलाई बितरण गरिएको छ । अब अर्को वर्ष अझ योभन्दा बढी सहयोग गर्न सहकारी लागि पर्ने छ । सहकारीमा आबद्ध भएपछि सहकारीको निति नियम मान्न अनिवार्य हुन्छ । हामीले कति कमाइयो भन्नुभन्दा पनि कति बचाइयो भन्ने कुरा प्रमुख हो। आर्थिक अनुशासन भएन भने हामीले अरु जे नै राम्रो गरे पनि त्यसको कुनै महत्व नरहेको कुरा सहकारीका अध्यक्ष प्रल्हाद दाहाले बताए । अन्तिममा अनुदान पाउने सबै
किसानहरुलाई बधाई दिदै आगामी दिनमा अरु थप प्रोत्साहन प्राप्त गर्न आफूले सहयोग गर्ने कुरा अध्यक्ष दाहालले बताए । कार्यक्रममा उपस्थित अतिथिलाई दूध तथा दुग्ध पदार्थ समाबेश गरि मायाको चिनो वितरण गरिएको थियो ।

















प्रतिक्रिया