back
noc

नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत

सिन्धुपाल्चोक,जिल्लाको नवौ अधिवेशन अन्तर्गत आज बसेको अध्यक्ष मण्डलको बैठकले प्रभावशाली नेता नेपालाई सर्बसम्मतरुपमा अध्यक्ष चयन गरेको हो। अध्यक्षमा चयन भएका नेपालले वर्तमान अवस्थामा नेकपा एमालेको जिल्ला नेतृत्वलाई एक ढिक्का बनाउंदै संगठनलाई सशक्त बनाउन आफुले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए।

पार्टीमा समन्वयकारी भुमिका खेल्न सक्ने भद्र, कुशल,ईमानदार सालिन ब्यक्ती भएकै कारण नेता नेपाल जिल्लामै लोकप्रिय हुनुहुन्छ । २०५० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष रहेका नेपाल नेकपा एमालेको क्षेत्रीय अध्यक्ष २ कार्यकाल र एमाले जिल्ला कमिटी सदस्य हुँदै सिन्धुपाल्चोक एमाले आठौं जिल्ला अधिवेशनबाट सचिव पदमा नेतृत्व बहन गरेका नेता हुन् । एमाले नवौं जिल्ला अधिवेशनमा नेपाललाई जिल्ला अध्यक्षको नेतृत्वमा ल्याउन जिल्लाका नेता तथा कार्यकर्ताहरुले माग गरेका छन् । पुस २३ मा बाह्रविसेमा भएको नवौं जिल्ला अधिवेशनको उद्घाटन पश्चात कोरोना महामारीका कारण अधिवेशनको बन्दसत्र सम्पन्न हुन सकेको छैन । कोरोना संक्रमणका कारण धेरै नेता तथा कार्यकर्ताहरु विरामी परेको कारणले अर्को सूचना नआए सम्मको लागि जिल्ला नेतृत्व चयनको कार्यक्रम स्थगत गरिएको सिन्धुपाल्चोक एमालेले जनाएको छ । जिल्ला नेतृत्वका लागि अध्यक्षमा कमल नेपाल, बालकृष्ण देउजा, होम नारायण श्रेष्ठ, केदार क्षेत्री र डोल्मा तामाङ प्रत्याशी देखिएका छन् ।
अन्य पदहरु उपाध्यक्षमा ४ जना, सचिवमा ८ जना र उपसचिवमा ९ जना प्रत्यासी देखिएका छन।

युवा नेता कमल नेपालको संक्षिप्त राजनीतिक जीवनीः
कमल नेपाल २०४२ सालदेखि नै नेकपा एमालेको विभिन्न संगठनमा रही सक्रिय राजनीतिमा क्रियाशील युवा नेता हुन् । २०४२ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आवद्ध भएका नेपालले २०४७ सालमा पार्टिको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । २०४९ सालमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०५३ – ०५४ मा नेकपा एमाले ईलाका नम्बर ४ को इलाका कमिटी सचिवमा रहेर काम गर्नु भएको थियो । २०५४ सालको स्थानीय निकायमको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक जिल्ला पेटकु गाविसको अध्यक्ष पदमा निर्वाचित भएर स्थानीय जनताहरुको सेवा गर्ने मौका पाउनु भएको थियो । २०५८ सालदेखि २०६६ सालसम्म नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ सिन्धुपाल्चोकको संयोजकको भूमिका निर्वाह गरेका नेपाल २०६६ सालमा नेकपा एमाले क्षेत्रीय कमिटीको प्रथम अधिवेशनबाट क्षेत्र नं. १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०६८ सालमा पुनः दास्रो अधिवेशनमा समेत नेता नेपाल अध्यक्षमा निर्वाचित भई पार्टीमा महत्वपूर्ण जिम्मेवारीको भूमिका निर्वाह गर्दै आउनु भएको छ


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...