back
noc

सरस्वतीनगर साकोसको अध्यक्षमा पुन: भण्डारी

काठमाडौं । हालै सम्पन्न सरस्वती नगर बचत तथा ऋण सहकारी संस्थाको लि. को तेह्रौं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालको संचालक समितिको अध्यक्ष पदमा भएको निर्वाचनमा पुनः रघुनाथ भण्डारी अत्याधिक मतका साथ निर्वाचित भएका हुन ।

धुम्बाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा रामहरी श्रेष्ठ, सचिव दिपक प्रसाद चौलागाई, कोषाध्यक्ष देवी प्रसाद वडाल, संचालक सदस्यहरुमा अनन्ता गुरुङ, माधव प्रसाद त्रिपाठी, सुमन प्रसाद दाहाललाई सर्वसम्मत चयन गरेको थियो। त्यसैगरी लेखा संयोजकमा दुर्गा कुमारी कोइराला तथा सदस्यहरुमा शेखरनाथ आचार्य र राममणि आचार्य सर्वसम्मत चयन हुनु भएको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, आ.व. २०७७/०७८ को आर्थिक प्रतिवेदन तथा आ.व. २०७८/७९ को अनुमानित वार्षिक बजेट एवं कार्यक्रम सम्बन्ध, आगामी कार्यकालको लागी लेखा परीक्षक नियुक्ति तथा पारीश्रमिक तोक्ने सम्बन्ध, लाभांश, सेवा विस्तार सम्बन्ध, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन लगायत विषय उपर छलफल गरी आगामी कार्यकालको लागी पारीत गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड ५६ लाख ६३ हजार ९ सय रुपैयाँ, जगेडा कोष ४२ लाख ३२ हजार ३ सय ८५ रुपैयाँ १७ पैसा, वैधानिक तथा अन्य कोषहरु ३२ लाख ४२ हजार ८६ रुपैयाँ ५० पैसा, वचत तथा निक्षेप १५ करोड ९४ लाख ८६ हजार १ सय ५ रुपैयाँ ४८ पैसा, चालु दायित्व तथा व्यवस्था ३४ लाख ८४ हजार ३ सय २६ रुपैयाँ ७९ रुपैयाँ २० पैसा, आयकर व्यवस्था २ लाख ९६ हजार ६ सय ८५ रुपैयाँ ४२ पैसाको भएको छ भने, चालु आ.व. मा संस्थाको जम्मा कारोबार २० करोड २२ लाख ७२ हजार ४८ रुपैयाँ ५६ पैसाको भएको छ । साथै साधारणसभामा असल ऋण कारोवारी, नियमित उत्कृष्ट बचतकर्ता सदस्य, संस्थाका एकल महिला सदस्यहरु र कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रमको संचालन सन्स्थाका सचिव दीपक प्रसाद चौलागाईंले गर्नुभएको थियो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...