चौतारा साँगाचोकगढी नगरपालिका

सांगाचोकगढी नगरपालिकाको सेवा अब आफ्नै भवनबाट


२८ मंसिर २०७८, मंगलबार, ,


चौतारा। भाडाको घरबाट आफ्नो नियमित काम गर्दै आएको सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले अब आफ्नै प्रशासनिक भवनबाट सेवा प्रबाह गर्ने भएको छ।

पछिल्लो समय कृषि बिकास कार्यालयको भवनलाई भाडामा लिएर प्रशासनिक कार्य सन्चालन गरिरहेको नगरपालिकाले आफ्नै भवन निर्माण गरेपछि आफ्नै भवनबाट नियमित काम सन्चालन गर्न लागेको हो २०७४ सालबाट निर्माण कार्य शुरु गरी ३ वर्षमा सम्पन्न गरिएको सो भवनको नगरपालिकाका मेयर अमानसिं तामाङले सोमबार उद्घाटन समेत गरेका छन् ।

स्थापनाकाल देखी नै भाडाको घरबाट कार्यालय सन्चालन गर्दै आएको नगरपालिकालाई नवनिर्मित आधुनिक भवनमा पुर्‍याउनुलाई मेयर तामाङको ठूलो सफलता मानिएको छ।त्यतिमात्र होइन नगरपालिकाका सबै वडाहरु पनि हाल आफ्नै भवनबाट सन्चालन भैरहेको मेयर शेर्पाले उर्जाशील खबरलाई बताए ।

‘हामी निर्वाचित भएर आँउदा आफ्नो लागि बस्ने कोठा समेत थिएन ।’ नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने —‘अब भने हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’

नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताए ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलबार, ,