काठमाडौं । प्रतिपक्षी दल नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र प्रधानमन्त्री केपी ओलीको चर्को ढंगले बिरोध गर्दै सरकार ढलाउन लागेको बताईरहदा उनकै छोरी भरतपुर महानगर प्रमुख रेनु दाहालले भने प्रधानमन्त्री केपी ओलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले भने प्रधानमन्त्री केपी ओलीलाई न्यानो स्वागत गरेकी छन् । रेनुको स्वागतलाई हार्दिकतापूर्वक स्वीकार्दै प्रधानमगरेकी छन् । रेनुको स्वागतलाई हार्दिकतापूर्वक स्वीकार्दै प्रधानमन्त्री ओलीले रेनुलाई छोरी भनेर सम्बोधन गर्दै ‘छोरी सन्चै छौ ?’ भनेको भिडियो भाइरल भएको छ।

चितवनको कार्यक्रममा सहभागी हुन चितवनको भरतपुर विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी ओलीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि स्वागत गरेको तस्विर तथा भिडिओ सार्वजनिक भएका छन् । यो सार्वजनिक पत्रकार राजेन्द्र आचार्यले गरेका हुन् ।
धेरैले प्रधानमन्त्री ओलीको स्वागतमा मेयर दाहाल नजाने अनुमान गरेका थिए । तर, एयरपोर्टमा बुके बोकेर रेनु पनि स्वागतको लागि उभिएकी थिईन् ।
विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री ओलीले रेनुको पुष्पगुच्छा ग्रहण गर्दै हालखबर सोधेका थिए । ओलीले ‘छोरी भनेर सम्बोधन गरेको र सञ्चै छौ ?’ भनेर सोधेको पत्रकार राजेन्द्र आचार्यले जनाएका छन् ।
यसअघी २०७७ सालमा भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडकको शिलान्यास पनि प्रधानमन्त्री ओलीले नै गरेका थिए । मेयर पनि रेनु दाहाल नै थिइन् । तर, शिलान्यास कार्यक्रममा रेनु उपस्थित भइनन् ।
प्रतिक्रिया