दैलेख – लगातारको असिनापानीले दैलेखको विभिन्न ठाउँमा तरकारीखेती र गहुँबालीमा क्षति पुर्याएको छ ।

महाबु गाउँपालिका वडा नम्बर ५ काँशिकाँध र वडा नम्बर ६ टाकुरी क्षेत्रमा पाकेको गहुँ असिनाले झारेर तहसनहस पारेको महाबु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डेले जानकारी दिनुभयो ।
असिनाले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ६ सिस्नेटारमा उन्नति कृषि फाराम पाँच रोपनीमा लगाइएको काँक्रा र तीन रोपनी क्षेत्रफलमा लगाइएको टमाटर खेतीमा नोक्सानी पुगेको सञ्चालक देवेन्द्र गोदारले बताउनुभयो । झन्डै चार लाख रुपैयाँ बराबरको तरकारीमा क्षति पुगेको उहाँको भनाइ छ ।
असिनापानीले अन्य धेरै किसानहरूकाे तरकारीबालीमा नोक्सानी पुगेको जानकारी आएको डुङ्गेश्वर गाउँपालिकाका कृषि शाखा इन्चार्ज एवम् कृषि विकास अधिकृत मेनका पाण्डेयले बताउनुभयो । अहिले क्षतिको लगत लिने काम भइरहेको छ ।
प्रतिक्रिया