समाचार

वीरगञ्ज झडपमा १४५ राउन्ड अश्रुग्याँस,२ राउन्ड हवाई फायर : प्रजिअ अर्याल



काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका हुन् । सो घटनामा ३३ जना घाइते भएको जानकारी पनि उनले दिए ।

‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ,’ उनले भने, ‘२५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएको छ ।’ उनले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

कर्फ्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको प्रजिअ अर्यालले बताए ।

प्रकाशित : ३१ चैत्र २०८१, आइतबार, ,