समाचार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो  ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २५ चैत्र २०८१, सोमबार, ,