समाचार

शिक्षक आन्दोलनलाई विश्व शिक्षक महासंघको समर्थन



काठमाडौँ,२५ चैत । विश्व शिक्षक महासंघले नेपाली शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेको छ ।

विश्व शिक्षक महासंघ एफआईएसईले सोमबार एक सूचना प्रकाशित गर्दै शिक्षा आन्दोलनको अग्रपंक्तिमा उभिएर गुणस्तरीय, समतामूलक र सबैका लागि पहुँचयोग्य शिक्षाको वकालत गर्ने नेपाल शिक्षक महासंघ र सबै नेपाली शिक्षकहरूको निरन्तर प्रयासको कदर गर्ने जनाएको छ ।

साथै नेपाली शिक्षकहरूको पेसागत सम्मान, राम्रो कामको अवस्था र शिक्षालाई सामाजिक न्यायको माध्यमका रूपमा रूपान्तरणका लागि भएको संघर्षमा आफ्नो अन्तर्राष्ट्रिय आन्दोलनको लक्ष्यसँग पूर्ण रूपमा मेल खाने उक्त ऐक्यबद्धतामा उल्लेख छ ।

बिगतमा भएका सम्झौताको कार्यान्वयन र तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आयोजनामा ६ दिन यता देखि देशभरका शिक्षकहरु काठमाडौं भेला भएर आन्दोलन गरिरहेका छन्।आज सबै विद्यालयहरु बन्द गरेर प्रदर्शन गर्ने उनीहरूको तयारी छ ।

प्रकाशित : २५ चैत्र २०८१, सोमबार, ,