समाचार

आईतवार सार्बजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले आउँदो आइतबार (चैत २४) सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित : २२ चैत्र २०८१, शुक्रबार, ,