काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएकोमा जनता खुसी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ, आवाज बन्द भयो । बत्तीहरू सबै निभे । लोडसेडिङ भएको थिएन, टुपिनको तार मात्र छुटेको रहेछ । एकछिन तार छुटेर बत्ती निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए’, उनले अगाडि लेखेका छन्, ‘हरेक लक्ष्मीपूजाको दिन घर–घरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विषेश नाम कुलमान घिसिङ । लोडसेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन् कुलमान घिसिङ । नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त कुलमान घिसिङ ।’
उनले एकछिन बत्ती निभ्दा कुलमानको नाम सबैले लिने गरेका समेत बताएका छन् ।
प्रतिक्रिया