समाचार

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट, नगरपालिका पुरस्कार २०८१ द्वारा सम्मानित



आर्थिक वर्ष २०८०र८१ मा वातावरण, संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले ३२ औँ स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्वारा सम्मानित भएको छ । नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवको अवसरमा एक समारोहको विचमा प्रधानमन्त्री केपी शमा ओली प्रमुख आतिथ्यमा मध्यपुर थिमि नगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रधानमीन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताउनुभएको छ।

उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको पनि स्पष्ट गर्नुभयो। साथै “संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन। त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन। जनतालाई सेवा दिने नजिकको सरकार यही हो’’, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ।’’

प्रकाशित : ७ चैत्र २०८१, बिहिबार, ,