समाचार

८ महिनामा ४२ अर्बको खाद्यान्न आयात,चामलमा मात्रै १२ अर्ब खर्च



काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा ४२ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागका अनुसार ४२ अर्बको खाद्यान्नमध्ये १२ अर्बको चामल मात्रै आयात भएको छ । नेपालमा १२ अर्ब ३२ करोड ८१ लाख ११ हजार रुपैयाँको १ लाख ५४ हजार मेट्रिकटन चामल आयात भएको हो ।

यसैगरी ८ लाख ५४ हजार ८४३ मेट्रिकटन खाद्यान्न आयात हुँदा ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

फागुनसम्मको अवधिमा नेपालबाट २ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात समेत भएको छ । चालु आर्थिक वर्षमा नेपालले खाद्यान्नमा ४२ अर्ब ९० करोड ६२ लाख ४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । खाद्यान्नको कारोबारबाट राज्यले भन्सार राजस्व ३ अर्ब ८३ करोड ९२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन लगायत विभिन्न मुलुकबाट खाद्यान्न आउने गरेका छन् ।

प्रकाशित : ७ चैत्र २०८१, बिहिबार, ,