back

महिला फुटबलमा दर्शकको ‘क्रेज’

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु दर्शकको ऊर्जामा सानो टिमले पनि ठुला टिमलाई हराएको थुप्रै उदाहरण छन् । नेपाली दर्शक बुधबार आफ्नो टिमलाई पहिलो पटक साफ च्याम्पियन बनाउन दशरथ रङ्गशालामा तीन, चार घण्टाअघि नै ओइरिसकेका थिए । साँझ ६:३० मा सुरु हुने खेलका लागि ४ नबज्दै दशरथ रङ्गशाला खचाखच भरिसकेको थियो ।

दशरथ रङ्गशालाभित्र ३ बजे नै पुग्नुभएका विवेक लामाले भन्नुभयो, “आज त मेरो व्रतजस्तै भयो, बिहान लाइन बसेर बल्लबल्ल टिकट पाएँ । दिउँसो ३ बजे नै आएँ । अहिलेसम्म पानी पनि पिएको छैन ।” नेपालको हारले मेरो भोक प्यास व्यर्थ गयो उहाँले भन्नुभयो ।

यसपालि घरेलु दर्शकलाई रङ्गशालासम्म पुग्न सहज भएन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा आएर फाइनलको टिकट आफैँले बिक्री गर्ने निर्णय गरेपछि दर्शकले फाइनल हेर्न ठुलो सास्ती खेप्नुप¥यो । अहिलेको डिजिटल युगमा एन्फाले अन्तिम समयमा आएर भौतिक रूपमा टिकट बिक्री गर्ने अपरिपक्व निर्णय गरेको थियो । एन्फाले माउन्ट एभरेष्ट स्पोटर्स एन्ड इभेन्ट्स प्रालिलाई टिकट बिक्री गर्ने सम्झौता गरेको थियो तर सेमिफाइनलमा तोकिएकोभन्दा अत्यधिक टिकट बिक्री गरेकाले एन्फाले उक्त सम्झौता रद्द गरेको हो ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...