back

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अमेरिका उड्न लागेका हुन्।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजनामा हुने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तालिका छ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...