समाचार

आज गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा !



काठमाडौ । आज गाईजात्रा पर्वको अवसर पारेर बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गत साउन ३२ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको बैठकले आज भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघी २०७८२०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन। जनै पूर्णिमाका दिन देशभर नै सार्वजनिक बिदा हुने गर्दछ ।

बागमती प्रदेशका अधिकांश जिल्लामा गाईजात्रालाई एक प्रमुख चाडको रूपमा मनाइने गरिन्छ । यसरी प्रदेश सरकारको निर्णयसँगै बागमती प्रदेशमा आज ४ भदौमा गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरू बन्द रहनेछन्।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार, ,