समाचार

५ किलो सुनसहित एयरपोर्टबाट दुई भारतीय नागरिक पक्राउ



काठमाडौ । सुन तस्करको केन्द्रबिन्दु नै बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पुन: ५ किलो सुन बरामद भएको छ । बिमानस्थल प्रहरीले करिब ५ किलो १ सय ग्राम सुन बरामद  गरेको छ । सुनसँगै दुई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल प्रहरीलेजानकारी दिएको छ ।
 
सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।
 
त्यसैगरी गणेशमानले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार, ,