back

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता एव सागाचोकगढी न.पा. का पुर्व मेयर अमान सिंह तामाङ सहित आठ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र, कांग्रेस र नेकपा एस परित्याग गरि एमालेमा प्रवेश गरेका छन।
माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरे संगै पुर्व मेयर तामाङले माओवादी केन्द्र अवसरवादमा लागेको भन्दै अब नेपालमा एक मात्र कम्युनिस्ट पार्टी नेकपा एमाले मात्र राष्ट्रियताको सवालमा राष्ट्रवादी पार्टी हुने बताउनु भयो। जब पार्टी सानो बन्दै जान्छ पार्टी परिवारवाद र नाता वादमा खुम्चिने भन्दै तामाङले माओवादी केन्द्र त्यही हालमा पुगेको बताए ।
जनताको ईच्छा, बिकास र समृद्धि पूरा गर्न एमाले मात्र सक्षम रहेको भन्दै तामाङले आफुलाई बिश्वास गरेर आफू संगै एमाले प्रवेश गर्ने साथीहरूको हित भन्दा बाहिर गएर आफुले काम नगर्ने बताउनु भयो। सिन्धुपाल्चोक एमालेको किल्ला बन्नेमा अब कुनै सन्ध्यह नरहेको भन्दै तामाङले आफू गहन जिम्मेवारीका साथ एमाले प्रवेश गरेको र सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाएरै छोडने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
पार्टी प्रवेश कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेमा स्वागत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाउनु भएको छ । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै अध्यक्ष ओलीले यस्ता विधेयक च्यातेर फाल्ने बताउनु भयो ।
संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग सल्लाह नगरी ‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’
अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसला अनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने बताउदै अध्यक्ष ओलीले पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याए भनेर कसैले घोषणा गर्दैमा नटुंगिने भन्दै ‘पीडीतका पीडा माथि अझ बढी पीडा नथप्न’ आग्रह गर्नुभयो। द्वन्दकालिन मुद्दा चाडै छिनोफानो गरिनु पर्ने भन्दै अध्यक्ष ओलीले मानवताविरुद्धको जघन्य अपराधमा संलग्न जो कोहि सजायको भागीदार हुनुपर्ने बताउनु भयो। पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय नेताहरु, ………., नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ,पोलिटब्युरो सदस्य अरुण नेपाल ,केन्द्रिय सदस्य शरेस नेपाल ,जिल्ला अध्यक्ष कमल नेपाल ,सुनकोसी गाउँ पालिका का अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना लगाएतका नेताहरुको सहभागिता रहेको थियो । पार्टी प्रवेश कार्यक्रमको ब्यवस्थापन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंचले गरेको थियो।


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...