back
noc

जसपा निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघद्वारा कार्यसमिति समायोजन

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले समायोजन कार्यसमिति सर्वसम्म चयन गरेको छ । उक्त समायोजन कार्यक्रम आङ डेण्डी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न बैशाख १३ गते सम्पन्न भएको हो । कार्यक्रमको सह–इन्चार्ज सुरेन्द्रकुमार जोशी विशिष्ट रहेका थिए । समायोजन कार्यक्रममा अध्यक्ष लक्ष्मण गुरुङको नेतृत्वमा तपशिलका २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

सो समायोजन कार्यसमितिमा अध्यक्ष लक्ष्मण गुरुङ, बरिष्ठ उपाध्यक्ष रामबहादुर घले, उपाध्यक्षहरुमा कामी रिन्जी शेर्पा, समुन्द्रमान बज्राचार्य, रविन्द्र यादव, सिद्धि बहादुर जोशी, मिलन कान्छा किराती, टेक बहादुर शाक्य (अन्जन), रामप्रसाद भट्टराई रहेका छन् । त्यसैगरी महासचिवमा दावा शेर्पा चयन भएका छन् भने उपमहासचिवमा बलमान छन्त्याल चयन भएका छन् ।

त्यस्तै सचिवमा मोहनी महर्जन, दिपक राई र शैलेन्द्र भट्टराई रहेका छन् । त्यस्तै कोषध्यक्षमा प्रतिमा लामा चयन भएकी छन् । त्यसैगरी सदस्यहरुमा ज्ञान बहादुर लामा, आङ दोर्ज शेर्पा, सुनिता कुमारी योञ्जन लामा, ज्ञानेन्द्र श्रेष्ठ, चिवन ढकाल, अशोक केसी, शारदा नेपाल र लक्ष्मी जोशी सर्वसम्मत चयन भएका हुन् । सल्लाहकार संयोजक भने कृष्णमुरारी ढकाल छानिएका छन् ।

नेपाललाई समावेशी विकास, सामाजिक न्याय सहितको समृद्धि, सुशासन र समुन्नत संघीय समाजवादको गन्तब्यमा पु¥याउने उद्देश्यले नेपालको उद्योग वाणिज्य तथा व्यापारको क्षेत्रमा क्रियाशिल भएर अघि बढेको यस कार्यसमितिले अहिलेको चुनौतिपूर्ण राजनीतिक परिवेशमा आउदै गरेको स्थानीय निर्वाचनमा परिणममुखी नतिजाको लागि आफ्नो तर्फबाट भरपूर पार्टीलाई सघाउने प्रतिवद्धताका साथ अध्यक्ष गुरुङले पदभार ग्रहण गर्नुभएको थियो ।

साथै उद्योग वाणिज्य तथा व्यपारको क्षेत्रमा भएका विकृति विसंगति लगायतका समस्याहरुको समाधान गर्न तथा राज्य निजी क्षेत्र एवं सरोकारवालासँग सहकार्य गर्दै उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रको बहुआयामिक विकास गर्न डटेर लागि पर्नुपर्ने विषयलाई जोड दिइएको छ । त्यसैगरी विविध क्षेत्रमा क्रियाशील व्यवसायीहरुलाई संगठित गर्दै उनीहरुको हक, हित र अधिकारको पैरवी गर्ने काममा पनि संगठनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । कार्यक्रममा महासचिव दावा शेर्पाले आफ्नो पदभार ग्रहण गरेका थिए ।

 


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...