समाचार

एसईई परीक्षामा देशभर ५ लाख बढी परीक्षार्थीहरु सहभागी


९ बैशाख २०७९, शुक्रबार, ,


काठमाडौं । आजबाट देशभर एसईईको परीक्षा सुरु भएको छ। यस वर्षको परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी छन्।परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए। यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले बताए।

कोभिड -१९ का कारण दुई वर्षको एसईई परीक्षा सेन्टर तोकेर हुन सकेको थिएन।सबै बिद्यालयहरुले लिएको आन्तरिक मुल्यांकनकै आधारमा ग्रेड वृद्धि गरिएको थियो।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार, ,