back
noc

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास १६०० पुग्दा प्रती सिलिन्डर मै ९३२ रुपैयाँ घाटा

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ प्रतिलिटरबाट बढाएर १ सय ४३ कायम गरिएको निगमले जनाएको छ ।

आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि लिटरको ५ रुपैयाँले वृद्धि गरी १ सय ५६ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर वृद्धि गरी १,५४५ डलर कायम गरिएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरी प्रतिसिलिन्डर १६ सय रुपैयाँ कायम गरिएको छ ।

मूल्यवृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा र डिजेलमा २८ रुपैयाँले घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपैयाँ घाटा रहेको पनि निगमले जनाएको छ । मट्टीतेल र आन्तरिक हवाई इन्धनमा क्रमशः ६ रुपैयाँ ६९ पैसा र १७ रुपैयाँ १५ पैसा नाफा रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...