back
noc

सङ्घर्षशील युवाको कथा ‘वासुदा’ लोकार्पण

काठमाडौं फागुन ८।गुरुबाटमात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यताका युवा स्रष्टा भीष्मराज फुलारा संघर्ष, जीवनका भोगाई र विभिन्न घट्ना, परिघटनाबाट सिक्दै यहाँसम्म आउनुभएका उदयमान साहित्यिक स्रष्टा हुनुहुन्छ । साहित्य मार्फत न्याय, समानता र परिवर्तनका लागि बिद्यार्थी कालदेखि नै कलम चलाउँदै आउनुभएका फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आईतबार राजधानीमा विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा हुनुहुन्थ्यो भने अर्का अतिथि उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समिक्षात्मक टिप्णी गर्नु भएको थियो ।
एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित उपन्यास ‘वासुदा’मा मुल पात्र वासुदामा एकै पटकदेखिएका चुनौतीहरुको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको देखाईएको छ । वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरुलाई पनि महत्वपुर्ण रुपमा प्रस्तुत गरिएको छ । ‘वासुदा’ कृतिमा वासुदाको जीवन सङ्घर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्यहरु आम मानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउछ । संघर्षका समयमा आइएपरेका अन्य घट्ना परिघट्नालाई पनि लेखकले सटिक ढंगले पुस्तकमा उतारर्ने नमर्को गर्नु भएको छ । दुई सय त्रिचालिस पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाता रु.५५० र साधारण गाता ३५५ रहेको छ भने फुलरा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो ।
युवा साहित्यकार भीष्मराज फुलाराका प्रकाशित कृतिहरुमा टुहुरो कुण्डली (उपन्यास), नफापेको मान्छे (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास ः त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक छन् भने आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...