back
noc

भजन गायनमा मगरको लोकप्रियता

काठमाडौं ५ फागुन । लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिइन्छ । सर्वसाधरण जो कोहिले गाउन, बुझ्न सक्ने भएकोले पनि यसको महत्व अझै बढि झल्किन्छ । तर, पछिल्लो समय युवा पुस्ताहरु लोक भजनबाटै टाढिदै गएका छन् । केही सिमित उमेर समुहकाले मात्र हालसम्म भजन संस्कृति धान्दै आएका छन् । लिल बहादुर मगर ‘दिनेश बलम्पाकी’ यस्तै समुहमा पर्छन् । स्व. नारायण प्रसाद पोखरेलसंग पोखरा नयाँबजार स्थित दुर्बेशनीमा लागेकाहरुको पुर्नस्थापनाको लागि आयोजित श्रीमद्भागवत महापुराणबाट सुरु भएको उहाँको भजल गायन यात्रा अहिले झण्डै दुई दशक पुग्न थालिसकेको छ । स्व. नारायण प्रसाद पोखरेलसंग उहाँले देशको बिभिन्न स्थानमा आयोजित दुई सय भन्दा बढी श्रीमद्भागवत महापुराण यज्ञमा आफ्नो प्रस्तुति पस्किसक्नु भएको छ । त्यस्तै पण्डित दिनबन्धु पोखरेसंग दुई सयकै हाराहारी श्रीमदभागवत महापुराण यज्ञमा सहभागिता जनाई सक्नु भएको छ । शुमधुरकण्ठले भजन गाउन माहिर लिल बहादुर मगरले भजन गाउन थालेपछि सबै उमेरका दर्शक श्रोता मन्त्रमुग्ध भएर श्रवणमा तल्निन हुन्छन् । बिभिन्न संस्थाको लागि आयोजना हुने यज्ञहरुमा सहभागि हुने क्रममा बिपि संग्राहलय, पश्चिमाञ्चल बिश्वबिद्यालय लगायत र हालै मानव सेवा आश्रमले असाह्यहरुको लागि आयोजित ‘भोजनको लागि भजन’ कार्यक्रममा मेची महाकाली यात्रा सम्पन्न गर्नु भएको छ । बिभिन्न स्थानमा हुने भजन गायन वा यज्ञमा उहाँको उपस्थिति अनिबार्य जस्तै हुने गर्छ, किन कि उहाँको यस क्षेत्रमा लोकप्रितासंगै माग बढ्दो छ । उहाँका दर्जन बढी रेकडेट भजनहरु बिभिन्न सञ्चार माध्यमबाट प्रसारण हुने गर्दछ भने युट्युवमा हेर्न सुन्न सकिन्छ । मौलिक कला र संस्कृति झल्कने खालका विषबस्तु समेटेर भजन गायक मगरले केही भजन संग्रह प्रकाशन गरेका छन् र केही प्रकाशनको तयारीमा रहेको उहाँले बताउनु भयो । उहाँका भजन एल्बमहरु नाचन राधा छमछम, कीर्तनामृत र पुस्तकहरुमा अध्यात्म निर्देशिका भजन पुस्तक, कीर्तनामृत पुस्तक, भजन माला पुस्तक सार्वजनिक भैसकेका छन् । बिभिन्न भजनमण्डल संस्थाहरुमा आवध्द रहनु भएका लिल बहादुर मगरलाई भक्ति गायनको क्षेत्रमा भने दिनेश बलम्पाकी नामबाट चिनिन्छ । उहाँको पछिल्लो भजन ‘राम भुलियो’ सार्वजनिक भएको छ । उहाँलाई अभिनयमा साक्षर केसी, आयुष तामाङ, प्रयुष केसी, जस्मिन शर्मा, प्रवेश केसीले साथ दिएका छन् भने निर्देशन निर्मल लामाको रहेको छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...