back
noc

फागुन ७ बाट स्विजरल्याण्ड पार्क खुल्ने

काठमाडौं ३फागुन।कोरोना भाइरस कोभिडको कहरका कारण बन्द रहेको रामकोट स्थित स्विजरल्याण्ड पार्क वनभोजका लागि फागुण ७ गतेबाट खुल्ला गरिने भएको छ । वनभोजका लागि पछिल्लो समय धेरैको रोजाइमा परेको यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम भेगमा अवस्थित छ । यहाँको वरीपरी बिभिन्न महत्वका ऐतिहासिक स्थलहरूको अवलोकन गर्न सकिन्छ । कलंकी र सितापाईलाहुँदै मोटरबाटो भएर पुग्न सकिने ‘स्विजरल्याण्ड पार्क’वरपर दहचोक, ईन्द्रताल, मनकामना मन्दिर, काजी कालु पाँडेको समाधिस्थल, राजा पृथ्वीनारायण शाहको समयदेखि बडा दशैँको अवसरमा पशुवलिदिने स्थान, घुन्सा हेलिकप्टर दुर्घट्नामा मृत्यु भएका २४ जना स्वदेशी, विदेशीहरूको अर्धकदको शालिक निर्माण स्थल, भ्युटावर लगायतका रमणीय स्थानको मनोरञ्जन लिन धादिङ, ललितपुर, भक्तपुर लगायतका मानिसहरू बिदाका दिन वनभोज खान आउनेको बाक्लो उपस्थिति रहने गरेको उपभोक्ता समितिका सनतकुमार गिरीले बताउनुभयो ।
गिरीका अनुसार पार्कमा बनभोज खान आउनेहरुका लागि कुनै कुराको असुविधा नहोस भनेर पार्कमा समितिका सदस्यहरु खटिने गरेका छन् । पार्कबाट देखिने उपत्यका भित्रको मनोरम दृश्यमात्र होईन, नजिकै देखिने हिमश्रृङ्खलाको लोभ लाग्दो दृश्यले पनि एक चोटी पुगेको व्यक्तिलाई पुनः आकर्षित तुल्याउने गर्छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...