साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।
खासगरी केही वर्ष यता नेपाली महिलाहरु साउन महिना भरी हरियो रंगमा रंगीन थालेका छन् । यो महिना भरी हरीयो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्री उपहार लिएर जाने । एक अर्कामा माया साटासाट गर्न माध्यम बनेको छ यो महिना । बालिका, युवती, वयस्क वा वृद्ध सबैलाई साउन महिनामा हरियो रंग नै मन पर्छ ।
साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतीका लागि पवित्र महिना हो । महिलाहरु शुद्ध साकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने
गर्दछन् ।
पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको
पाइन्छ ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको छ ।
रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हाम्रा आमा हजुरआमाहरुले पहिले पहिले मेहन्दीको ठाउ“मा तिउरे लगाउने गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो बुट्टा भने भरीदैनथ्यो । असारको अन्तिम रात हातमा तिउरे लगाएर रातभरी राख्ने र साउनको १ गते विहान धुने चलन थियो । अहिले मेहन्दीले त्यो ठाउं लिएको छ ।
वि.सं.२०७८ साउन १६ शनिवार १६:३५