राजनीति

सात जना कम्युनिस्ट योद्धालाई आज सम्मान गर्दै: नेकपा एमाले



काठमाडौँ,९ बैशाख । नेकपा एमालेले मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गरेर ७ जना कम्युनिस्ट योद्धालाई सम्मानित गर्ने भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार दिउँसो विशेष कार्यक्रम गरेर नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

सम्मान गरिनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) रहेका छन्।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ।

प्रकाशित : ९ बैशाख २०८२, मंगलबार, ,