राजनीति

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व



सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ । शनिबार भएको पालिकका अधिवेशनबाट नयाँ नेतृत्व छानिएको हो ।

एमाले मेलम्ची नगरपालिकाको दोश्रो अधिवेशनबाट उपेन्द्र तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा पासाङ तामाङ , सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुल्ला र प्रतिमा धिताल चयन भएका छन् ।

सचिव शालिकराम अधिकारीका अनुसार पदाधिकारी ५ र ४८ सदस्यसहित ५३ सदस्यीय कमिटी चयन भएका छन् ।

अधिवेशनको उदघाटन एमाले केन्द्रीय सचिव पद्मा अर्यालले गरेकी थिइन् । उता एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन, उपसचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र केन्द्रीय सदस्य सुवास कर्मचार्यले उद्घाटन गरेका थिए ।

प्रकाशित : ६ माघ २०८१, आइतबार, ,