back

एमाले संसदीय दलकाे उपनेतामा कसको पल्लाभारि

काठमाडौ । एमालेमा उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै एमालेले होनाहार शालीन नेता गुमाएको छ । संसदीय इतिहासमा परिपक्व, प्रभावकारी रुपमा तीन दशक भन्दा लामो भूमिका निर्वाह गरेका नेम्वाङ खासमा राष्ट्रपति हुन चाहन्थे ।

एमाले र माओवादी केन्द्रको गठबन्धनमा सुरुमा नेम्वाङको नाममा अनौपचारिक तर गम्भीर छलफल भएका थिए । तर, परिस्थिति बिग्रिंदै र वाह्यशक्ति हावी हुँदै गएपछि माओवादीले एमालेका कुनै पनि नेता नमान्ने अवस्था सिर्जना भयो । राष्ट्रपति चुनावको केही दिन अघि सिंहदरबारमा यो गुनासो पनि नेम्वाङले आफूनिकट केही नेता र पत्रकारलाई सुनाएका थिए । स्थिति निकै पर पुगिसकेको भनेर उनले चिन्ता व्यक्त गरेका थिए ।

माओवादीसँग गठबन्धन भत्किनुमा माओवादीमात्रै जिम्मेवार नभएको बुझाइमा रहेका नेम्वाङले पछिल्लो समय द्वन्द्वकालीन मुद्दाहरु टुंगो लगाउनका लागि टिआरसी विधेयकमा सहमति जुटाउन प्रचण्ड र केपी ओली बिच भेटघाट गराउने वातावरण मिलाएका थिए । एकसाता अघिमात्रै ओली र प्रचण्डलाई भेट गराएका पनि थिए । नेम्वाङको निधनले एमालेमात्र होइन, अहिले माओवादीभित्र पनि सन्ताप छाएको छ । यता, एमालेको संसदीय दलको उपनेता को होला भन्ने अनुमान पनि गर्न थालिएको छ । नेम्वाङको निधनपछि रिक्त भएको उपनेतामा उनीजस्तै मिजाशिलो र समन्वकारी भूमिका भएको नेता को हुन सक्ला ? भन्ने चासो भइरहेको छ । उपनेतामा एमालेबाट दुईजना नेताको नाम बढी चर्चामा आउन थालेको छ ।

पार्टीभित्र चलेको चर्चा अनुसार उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङमध्ये एकजना संसदीय दलको उपनेता हुन सक्ने आंकलन गरिएको छ । चुनाव जित्ने पदाधिकारीमध्ये वरिष्ठ नेता यी दुई जना मात्रै हुन् । चुनाव जित्नेमा अरु नेता सचिव तहका मात्रै रहेका छन् । त्यसैले पौडेल र गुरुङमध्ये एकजना हुने अनुमान गरिएको छ । पौडेल र महासचिव शंकर पोखरेल बिच देशभर समानान्तर समूह बनेको छ । लुम्बिनीको प्रदेश कमिटीमा उनीहरुको प्रतिस्पर्धाका कारण चुनाव भएको थियो । अहिले कर्णाली, बागमती र कोशी प्रदेशमा पनि त्यो अवस्था देखिएको छ । उनीहरु ओलीपछि अध्यक्षको दावेदारको रुपमा देखिएका छन् ।

सोहीकारणले महासचिव पोखरेलले पौडेललाई संसदीय दलको उपनेता बन्नबाट रोक्ने संभावना रहेको बताइन्छ । पौडेललाई रोकेमा गुरुङ उपनेता हुनसक्ने बताइन्छ । तर, पौडेल र गुरुङ एकै समूहको नेता भएको पनि एमालेभित्र चर्चा भइरहेको छ । त्यसैले, अबको उपनेता कसलाई बनाउने भन्नेमा पौडेल र पोखरेल को हावी हुने भन्ने विषयसँग पनि जोडिने एमालेभित्र विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा अध्यक्ष केपी ओलीको भूमिका र रोजाईंले पनि महत्व राख्ने अवस्था रहेको छ । सन्तुलनकारी, समन्वयकारी भूमिका निभाउन सक्षम एमाले उपाध्यक्ष पौडेल नै संसदीय दलको उपनेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरु बताउछन्


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...