काठमाडौं, २१,मंसिर । प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटी अध्यक्षमा हेमराज सिलवाल चयन भएका छन । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले पूर्णता पाए संगै सिलवाल अध्यक्षमा चयन भएका हुन।
कमिटीको अध्यक्षमा सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन हुनुभएको हो ।

प्रतिक्रिया