back
noc

राजावादी राप्रपामा उथलपुथल थापालाई हराउदै लिंदेल अध्यक्ष

काठमाडौं१९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मत गणना परिणाम अनुसार लिङदेनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । लिङदेनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको राप्रपाले जानकारी दिएको छ ।

पार्टीको उपाध्यक्ष (खुला) मा लिङदेन पक्षका विक्रम बहादुर पाण्डे, थापा पक्षका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। पाण्डेले २५२१, तामाङले १९४४ र प्रधानले १८१४ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पराजित लिङदेन पक्षका उम्मेदवार दिलविकास राजभण्डारीले ११९४, रामचन्द्र राय यादवले ९६७ र जगतप्रसाद गौचनले ८९० मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षतर्फ पराजित लिलादेवी श्रेष्ठले १०५४ र दुर्गा श्रेष्ठले ८०५ मत प्राप्त गरेका छन्।

महामन्त्री (खुला) तर्फ लिङदेन पक्षका डा. धवल शमशेर राणा र थापा पक्षका भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २२२१ र पाठकले १७०५ मत प्राप्त गरे। लिङदेन पक्षका भास्कर भद्राले १५६७ र श्यामप्रसाद तिमिल्सिनाले १०६१ मत प्राप्त गरेका छन।

महामन्त्री (महिला) तर्फ कुन्ती कुमारी शाही विजयी भएकी छन्। उनले २००८ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी लिङदेन पक्षकी नायिका रेखा थापाले १६४० मत प्राप्त गरिन्। उनी केही समय अघि मात्र राप्रपा प्रवेश गरेकी थिइन। महामन्त्रीमा पराजयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले यसको दोष पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगाएकी छिन् । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
उता अध्यक्षमा पराजित कमल थापाले पनि निर्मल निवासले चलखेल गरेकाे आराेप लगाउदै जिबिबि शाहलाई बधाई दिएका छन्। राप्रपामा थापा पराजित भएपनि पदाधिकारीमा थापा पक्षकाे बहुमत आएकाे छ। अब राप्रपामा बाहिर रहेका राजावादी शक्तिहरू जाेडिन सक्ने छन। थापा र नाति जर्नेल पशुपति शमसेर जबरा राजाले भने एकाद महिना प्रतीक्षा गरेर राप्रपा विभाजित गर्ने निश्चित छ। सदस्यकाे मतगणना जारी रहेकाे छ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...