मुख्य समाचार

धरहरामा नेपालकै पहिलो ‘लेजर प्रोजेक्टर सो’



काठमाडौँ । राजधानीको टुँडिखेलमा आयोजना गरिएको ‘सिप मेला २०८२’ को समापन समारोहमा धरहरामा पहिलो पटक ‘लेजर प्रोजेक्टर सो’ गरिएको छ ।

ड्रोन हब नेपालले गरेको उक्त सोले नेपालका सांस्कृतिक सम्पदा, सीपको महत्त्व र भविष्यको सम्भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकहरूलाई दृश्य अनुभव प्रदान गरेको थियो ।

आयोजकका अनुसार, यस्तो प्रविधि पहिलो पटक नेपालमा सार्वजनिक रूपमा प्रयोग गरिएको हो।

टुँडिखेलको ३० दिने  सिप मेलामा ६० जनालाई ड्रोन अपरेटिङ, म्यापिङ र मर्मतसम्बन्धी व्यावसायिक तालिम प्रदान समेत गरिएको थियो।

प्रकाशित : ८ असार २०८२, आइतबार, ,