काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ । यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको छ ।
























प्रतिक्रिया