मुख्य समाचार

राजस्व बक्यौता उठाउन नसक्दा चुलिँदै बेरुजु



काठमाडौं । राजस्व बक्यौता उठाउन नसक्दा बेरुजु रकम चुलिँदै गएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको छ । यसमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ छ ।

यस्तो बेरुजुमध्ये पनि राजस्व बक्यौताको हिस्सा ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड, जमानत बसी ऋण लिएको भाखा नाघेको साँवा ब्याज ४९ अर्ब ३७ करोड र लेखा परीक्षण बक्यौता ८ अर्ब ७१ करोड रुपैयाँ रहेको देखिएको छ

प्रकाशित : ३१ बैशाख २०८२, बुधबार, ,