मुख्य समाचार

प्रभु बैकका सीइओ अशोक शेरचनको पक्षमा सर्वोच्चले दियो अन्तरिम आदेश, शेरचनको पद सुरक्षित



काठमाडौं । सर्वोच्च अदातलले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सीइओ शेरचनको पक्षमा आदेश दिई विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । अदालतबाट शेरचनको पक्षमा अन्तरिम आदेश आएको हो ।

शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीइओ नियुक्त हुनुभएको थियो। त्यसरी पुनः सीइओ बन्न नपाइने भनी उहाँविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको थियो । अदालतले शेरचनको पक्षमा आदेश दिएको हो ।

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार, ,