मुख्य समाचार

प्रतिनिधिसभाको पहिलो बैठक नै रास्वपाद्वारा बहिस्कार



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले शुक्रबार जारी प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

बैठक सुरु भएदेखि रास्वपाका सांसदले आकस्मिक समय मागे पनि सभामुखले नदिएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन्। यद्यपि, रास्वपाको बहिष्कारकै बिच सभामुख देवराज घिमिरेले संसदको आजको कार्यसूची अघि सारेका छन्।’एउटै कुरा फेरि कतिपल्ट राख्नु आज पहिलो बैठकमा आकस्मिक समय नराख्ने निर्देशन गरेको छु,’ उनले भने, ‘यस्तो अवस्थामा सभामुखको निर्देशन पालना गरेर अघि जानुपर्ने हुन्छ।’

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेका रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने सभामुखले बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए।

सभामुख घिमिरेले बोल्ने समय नदिई राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आएको पत्र पढेर सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न समय दिइएको छ ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार, ,