back

९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

असोज – १०, ललितपुर- ९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले कविता प्रतियोगिताको आयोजना गरेको छ । हरिहरभवनस्थित राष्ट्रिय दुग्ध विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दिव्यज्ञान स्कुलबमा अध्ययनरत एलिसा बिक प्रथम, सुर्योदय माध्यामिक विद्यालयमा अध्ययनरत प्रिन्सा कपाडी द्वितिय, सेन्ट जर्ज इन्टरनेशनल विद्यालयकी छात्रा सलिना कार्की तृतिय, मेगा पब्लिक स्कुलकी छात्रा साक्षी रिमाल सान्त्वना र पूर्णचण्डी माध्यामिक विद्यालयकी छात्रा रुपा कार्कीले सान्त्वना पुरस्कार जितेका छन् । प्रतियोगितामा करिब २० वटा स्कुलबाट ४० जना विद्यार्थीको सहभागी भएको कुरा एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।

खुल्ला कविता प्रतियोगिताकी प्रमुख अतिथि पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन । ‘नियमित दूध सेवन बालबालिकाको स्वस्थ जीवन’ भन्ने नाराका विषयमा कविता प्रतियोगिताको आयोजना गरिएको थियो ।

नेपाल डेरी एसोसिएसनको आयोजना एवं सरोकारवाला राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, रोटरी क्लब अफ कपन, परिवर्तनका लागी सौर्य समाज र एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) को सहकार्यमा विद्यालय स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी गराए ।

९औं विश्व स्कुल दुध दिवसको पावन अवसरमा एसोसिएसनले सात वटै प्रदेश र आफ्ना जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्न निर्देशन गरेको थियो । एसोसिएसनले यस्ता विभिन्न किसिमका सामाजिक अभियानका कार्यक्रमहरु समय समयमा गरिहने गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

कार्यक्रममा बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराइएको थियो भने कार्यक्रमको उदघाटन विद्यार्थीहरुलाई दुध सेवन गराई गरिएको थियो । उपस्थित सबैलाई महि, खिर, पनिर पकौडा, चिज आदि दुग्ध पदार्थ वितरण सेवन गराइएको थियो भने मायाको चिनो एवं बालबालिकालाई पुरस्कार पनि दुग्ध पदार्थ नै दिइएको थियो। कार्यक्रम स्थल दूध तथा दुग्ध पदार्थका पोस्टरले सजाइएको थियो भन्ने कुरा नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य एवं कार्यक्रमका संयोजक शिव घिमिरेले जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादब, कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचीव सुर्य प्रसाद पौडेल, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, दूग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सन्जिव झा, केन्द्रिय दूग्ध सहकारी संघ महासचिव राम आचार्य, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी , रोटरी क्लब अफ कपनका अध्यक्ष शुचिता काफ्ले, परिवर्तनका लागी सौर्य समाजका रमिता श्रेष्ठ र एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) का अध्यक्ष किरण आचार्य, नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, एन प्याब्सन काठमाडौ महानगरपालिकाका अध्यक्ष विजय खरेल लगायतको उपस्थिती रहेको जानकारी एसोसिएसनका उपाध्यक्ष मनोज कुमार घिमिरेले बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका पत्रकार सुरेश यादब र अनाजका लेखराज पोखरेललाई सम्मान गरिएको थियो ।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई नेपाल डेरी एसोसिएसनले बधाई ज्ञापन गर्दै सम्मान गरेको कुरा महासचिव हेमचन्द्र खनालले बताए । कार्यक्रम संचालन राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत दिपेन्द्र अधिकारीले गरेका थिए ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...