काठमाडौ20 साउन। नेकपा एमाले सुनकोशी गाउँ कमिटिले पार्टी एकता बिपरित हुने कुनै पनि कार्य नगर्ने गरि निर्णय गरेको छ। आज बसेको पार्टि बैठकले दुबै पक्ष एकमत भएर अघि बड्ने सहमती गरेको स्थानीय युवा नेता तपेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
बैठकले 2075 जेठ 2 गतेको सहमति अनुसार गतिविधिहरु सन्चालन गर्ने उहाले बताउनु भयो ।
जसले जे सुकै भनेपनी एमालेमा एकताको बिकल्प नभएको बाहिर चलेका हल्लाका पछि नलागी आफुहरु पार्टीमा एक मतका साथ सुर्य चिन्हको गोल्बन्दमा रहनेर केन्द्रलाइ पनि दबाब मुलक सन्देश दिन चाहेको स्थानीय नेताहरुले जानकारी दिनु भयो

।पालिकाकाअगुवा नेताहरुले समग्र एमालेजनको भावना, चाहना र एकताको आधार तयारगरि माथि देखि तल सम्मका नेता कार्यकर्ताहरुले आफुलाई सम्यमतासाथ प्रस्तुत गर्न आग्रह गरे ।प्रमुख नेतृत्व सदा जिम्मेवार हुनु पर्छ। बदलाभाव, आवेग र उत्तेजनापूर्ण व्यवहार र अभिब्यक्ति मुल नेतृत्वबाट हुनु बिल्कुलै शोभनीय नहुने स्थानिय नेता प्रेमलाल लामाले बताउनु भयो ।
नेताहरुले एकअरर्कालाई तथानाम आरोप प्रत्यारोप गर्ने प्रबृतिलाई तत्काल रोकि एकताको पक्षमा बिचारहरु आउनु पर्नेमा उहाहरुको जोड रहेको छ ।सिन्धुपाल्चोकको सुन्कोशी गाउ कमिटीको एकता बद हुने निर्णयले अन्य क्षेत्र र पार्टी केन्द्रलाई पनि एक भएर जान दबाब बडेको छ।
प्रतिक्रिया