back
noc

हेलम्बु र मेलम्चीमा हटेन बाढीको त्रास लेदो सहित आएको बाढीले बगायो ६० घर टहरा

सिन्धुपाल्चोक सम्वादाता मेलम्ची ।

लेदो सहित पछिल्लो समयमा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा गरी ६० घर टहरा बगाएको छ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घरटहरा बगाएको हो। हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा ५ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। असार १ गते आएको भीषण बाढीले क्षति पुगेका घरहरु बाढीले बगाएको हो।

 

उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार जोखिममा छन् । हेलम्बु ४ को ढुँगे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानियको घरबाट समान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो ।

जोखिम कायमै रहेकाले खोला आसपासका वासिन्दा हरुलाई सजग रहन आग्रह समेत गरिएको छ। बाढीले चनौटे बजार पुर्ण रुपमा क्षति बनाएको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको भएता पनि पछिल्लो पटक आएको बाढीले सबै सम्रचना ध्वस्त बनाएको छ। बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल समेत जोखिममा परेको छ ।

यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ । बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घर समेत पुर्ण रुपमा ध्वस्त बनाएको बताइएको छ।


नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:३२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै...

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:३५

सीता पौडेल (अर्चना)काठमाडौैं  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १का प्रतिनिधि...

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०६:१४

भक्तपुर,। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको...