back

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ ।
शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो ।
कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफुले अपनत्व महशुस गरेको बताउनुभयो ।   त्यस्तै कवि ढकाललाई निरन्तर लेख्न प्रोत्साहन दिँदै उहाँले कविताले समाजको यथार्थता र भोगइहरुलाई चित्रण गरेकोमा प्रशंसा गर्नुभयो । साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुति मार्फत समाजका सबै पक्षबारे कवितामा यर्थाथता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मी समेत भएको भन्दै उहाँको प्रयाशको सराहना गर्दै काव्यिक सफलताको कामना गरे ।
सुसेली फाउन्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रीय र मेहनती सर्जक भएको चर्चा गरे ।

कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुसी व्यक्त गर्दै लेखन यात्राका लागि घर परिवारबाट पुरा पुर सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताइन् ।
नोवेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गनुभएको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मान समेत गरिएको थियो ।


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...