अर्थ

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा, ७३ करोड विनियोजन



काठमाण्डौ – सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा स्टार्टअप व्यवसायीलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसको लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले जेन् जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गर्नुभयो ।

अर्थमन्त्रीले पौडेलले प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाललाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश र पालिकामा समेत सार्वजनिक निजी साझेदारीको अवधारणा विकास गर्ने पनि बजेटमा उल्लेख छ ।

सरकारले नेपालमा रहेका खानीजन्य पदार्थको सूची तयार गरि खनिजको अन्वेषण, उत्खनन र बजारीकरणका लागि नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्ष उद्योग मन्त्रालयलाई १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८२, बिहिबार, ,