breaking news

एकैदिन तोलामा ४२ सय रूपैयाँ बढ्यो सुनको भाउ



नेपाली बजारमा आज शुक्रबार पनि सुन–चाँदीको मूल्य बढेको छ बिहीबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँ पुगेको थियो।

प्रकाशित : ३० जेष्ठ २०८२, शुक्रबार, ,