काठमाडौं । नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार २७ दशमलव ९० अंकले घटेर २८ सय २२ दशमलव ४६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले घटेर चार सय ८५ दशमलव ४१ अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको ९८ हजार पाँच सय २५ पटकको कारोबारमा दुई करोड ५० लाख ९२ हजार चार सय ९० कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम १० अर्ब २१ करोड एक लाख ४२ हजार तीन सय आठ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य र सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव १८ अंकले घटेर १४ सय ७८ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५२ दशमलव ८० अंकले घटेर तीन हजार छ सय ६७ दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय सात दशमलव ९७ अंकले घटेर १३ हजार दुई सय ९४ दशमलव ७० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५८ दशमलव २१ अंकले घटेर १२ हजार पाँच सय ९० दशमलव ७९ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज रिभर फल्स पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया